Saturday, April 13Nepal News Portal
Shadow

निफ्रालाई विद्युत व्यापार गर्न अनुमति दिने ऊर्जा मन्त्रालयको तयारी


काठमाडौं । सरकारले नेपालको एक मात्र पूर्वाधार विकास बैंक (निफ्रा) लाई विद्युत् व्यापारका लागि अनुमति दिने तयारी गरेको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधवार आयोजना गरेको स्वदेशी खपतसँग विद्युत् व्यापार र आगामी बजेट विषयक अन्तरक्रिया कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालले निफ्रालाई विद्युत् व्यापारका लागि अनुमति दिन लागिएको बताए ।

नेपाल विद्युत् प्राधिकरणले स्थापना गरेको विद्युत व्यापार कम्पनीले पनि अनुमति मागेकोमा दिइएको छैन । तर सहसचिव भेटवालले दुवैलाई एकै प्रक्रियाबाट अनुमति दिइने बताए।

सहसचिव भेटवालले प्रतिस्पर्धी रुपमा विद्युत् व्यापारका लागि प्रक्रिया पुगेर आएका आवेदनलाई अनुमति दिइने बताए । ऊर्जा उद्यमीले क्षेत्रीय विद्युत् व्यापारका लागि नेपाल पावर एक्सचेन्ज लिमिटेड कम्पनी सन् २०१८ मा नै स्थापना गरेका छन् ।

सो कम्पनीमा नेपालका निजी क्षेत्रको ४५ प्रतिशत सेयर स्वामित्व रहेको छ भने भारतीय इनर्जी एक्सचेन्जको १५ प्रतिशत सेयर छ ।कम्पनीले तमोर बेसिनको पाँच सय मेगावाट बिजुली निर्यातका लागि प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर समेत गरेको छ ।

बंगलादेशसम्म डेडिकेटेड प्रसारण लाइनको निर्माण वा अन्य कुनै संयन्त्रको प्रयोगलाई कम्पनीले जोड दिएको छ । विद्युत् विकास विभागले क्षेत्रीय विद्युत व्यापारका लागि तत्काल कानुनी प्रबन्ध नभएको भन्दै कम्पनीलाई अनुमति दिएको थिएन । सहसचिव भेटवालले भने प्रक्रिया अनुसार अब सबै कम्पनीले अनुमति पाउने बताएका छन् ।

Total Page Visits: 1300 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्