Saturday, September 7Nepal News Portal
Shadow

आर्थिक सर्वेक्षण भोलि २ बजे, बजेट शनिबार ४ बजे


काठमाडौं । आर्थिक सर्वेक्षण भोलि (शुक्रबार) दिउँसो २ बजे सार्वजनिक हुने भएको छ। मन्त्रालयबाटनै आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको हो ।
कोरोना महामारी का कारण उक्त कार्यक्रम जुमबाट सार्वजनिक गर्ने र अर्थमा हुने कार्यक्रममा सिमित मिडिया तथा सरोकारवाला व्यक्तिहरुलाई मात्र प्रवेश दिने गरी तयारी गरिएको छ। अरु मिडियाले जुमबाट नै सूचना लिन सक्ने भएकाले टेलिभिजनवालाहरुलाई कार्यक्रममा प्रवेशको व्यवस्था गरिएको छ।

त्यस्तै जेठ १५ गतेको बजेट भने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालय बाटै सार्वजनिक गर्नेछन्। बजेट शनिवार ४ बजे सार्वजनिक हुने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ।

प्रतिनिधिसभा विघटन भएकाले नयाँ संविधान आएपछि पहिलो पटक अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउन लागेका हुन्। अध्यायदेश मार्फत बजेट ल्याउन लागिएकाले १५ दिन अघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि यस पटक नीति कार्यक्रम नल्याइएको अर्थ मन्त्रालयले जनाएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्