Tuesday, September 17Nepal News Portal
Shadow

आर्थिक सर्वेक्षण आज २ बजे आउँदै, भोली प्रधानमन्त्री कार्यालयमा बजेट भाषण हुने



प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सम्पादकहरु सँगको संवादमा अध्यादेशमार्फत बजेट आउने र औपचारिक कार्यक्रममा वाचन हुने बताएका थिए । काठमाडौं । आर्थिक सर्वेक्षण शुक्रबार (आज) २ बजे सार्वजनिक हुँदै छ । अर्थ मन्त्रालयमै डिजिटल माध्यमबाट सर्वेक्षण सार्वजनिक गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै भोली जेठ १५ गते ४ बजे अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट बजेट भाषण गर्ने भएका छन् । जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक प्रावधान रहेकाले अर्थमन्त्री पौडेलले उक्त दिन बजेट भाषण गर्ने छन् । दुवै संसदको संयुक्त बैठकमा बजेट भाषण गर्नुपर्ने व्यवस्था भएको भएपनि यसपटक प्रतिनिधिसभा नरहेकाले प्रधानमन्त्री कार्यालयबाट बजेट भाषण गर्न लागिएको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्