Friday, December 6Nepal News Portal
Shadow

आजदेखि एक हप्ता निषेधाज्ञामा कडाई, खाद्यान्नका सामाग्री चाहिए यी नम्बरमा फोन गर्नुहोस्


काठमाडौं । काठमाडौं उपत्यकामा एक महिना गघिदेखि जारी निषेधाज्ञालाई शुक्रबार (आज)देखि थप कडाई गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि निषेधाज्ञामा कडाई गरेसँगै एक हप्तासम्म खाद्यान्न र किराना पसलसमेत खोल्न नपाइने भएको छ । तीन जिल्लाका जिल्ला अधिकारीहरुले उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेकाले निषेधाज्ञा थप कडा बनाइउदै खाद्यान्न र किराना पसल खोल्न नपाइने व्यवस्था गरेका हुन् ।

यसअघि बिहान १० बजेसम्म फलफूल, तरकारी पसल, खाद्यान्न र किराना पसल खोल्न पाइने व्यवस्था गरिएको थियो । आजदेखि भने तरकारी, फलफूल, मासु, डेरी, खानेपानी र ग्यास पसल भने बिहान ९ बजेसम्म मात्र खोल्न पाइने छ । यसअघि जारी गरिएका गाडीका पास खारेज गरिएको छ भने विकास निर्माणसँग सम्बन्धित गाडी सञ्चालनमा पनि रोक लगाइएको छ । यस्तै, बिहान बेलुकाको घुमघाममा समेत रोक लगाइएको जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

अबको एक हप्ताभित्र खाद्यान्न अभाव भएमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पदाधिकारीहरुलाई सिधै सम्पर्क गर्न सक्नुहुने छ ।

सम्पर्कका लागि सम्पर्क नम्बरहरु
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीका

मोहनप्रकाश चन्द, प्रमुख कार्यकारी अधिकृत ९८५१३२०३१४

भीमबहादुर थापा, विभागीय प्रमुख ९८५११३६७८५

ज्ञानु थापा प्रादेशिक प्रमुख, थापाथली ९८५११२७८८

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सम्पर्क नम्बर

उर्मिला श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत ९८५१०२२५६४

कुमार राजभण्डारी, नायब कार्यकारी अधिकृत ९८५१०३३३०३

सबल रिजाल, विभागीय प्रमुख ९८५१११३६६०

प्रज्वल प्रधान, अधिकृत ९८४१३३२९९०, ९८१३२७२५६३

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्