Notice: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions.php on line 597
Saturday, January 25Nepal News Portal
Shadow

पेस्तोल र लागूऔषधसहित २ युवा पक्राउ


काठमाडौं, १३ कार्तिक (ससं)। सिराहाको कर्जन्हा नगरपालिकाबाट प्रहरीले बिहीबार कटुवा पेस्तोल र लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ ।

कर्जन्हा नगरपालिका वडा नम्बर २ बन्दीपुर बजारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुई जना युवकलाई कटुवा पेस्तोल र लागूऔषधसहित पक्राउ गरिएको सिराहा प्रहरीले जानकारीदिएको छ ।

पक्राउ पर्नेमा स ७ प २५५३ नम्बरको मोटरसाइकलमा सवार कर्जन्हा नगरपालिका २ का २२ वर्षीय डिम्पल यादव रहेका छन् । उनको साथबाट कटुवा पेस्तोल १ थान, गोली १ थान र नाइट्रोभेट ट्याब्लेट ६ थान बरामद भएको हो ।

पक्राउ परेका डिम्पलसँग सोधपुछ गर्दा उक्त घटनामा सोही ठाउँका २२ वर्षीय प्रेमनाथ यादव समेतको संलग्नता रहेको बताएपछि प्रेमनाथ समेतलाई नियन्त्रणमा लिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको जानकारी दिएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्