Saturday, April 13Nepal News Portal
Shadow

दुई कम्पनीको शेयर मूल्य समायोजन


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । शुक्रबार लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस शेयर पछि शेयर मूल्य ७९१ रुपैयाँ कायम भएको छ भने सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १२ प्रतिशत बोनस शेयरपछि शेयर मूल्य समायोजन गरी १ हजार २०५ रुपैयाँ कायम गरेको छ ।

लुम्बिनी जनरलको शेयर मूल्य अन्तिम कारोबार दिन बिहीबार ८३१ रुपैयाँ रहेको थियो । त्यस्तै सिद्धार्थ इन्स्योरेन्सको अन्तिम कारोबार दिन शेयर मूल्य १ हजार ३५० रुपैयाँ रहेको थियो ।
नेप्सेले कम्पनीको अन्तिम कारोबार दिनको आधारमा मूल्य समायोजन गर्ने गर्दछ ।

Total Page Visits: 487 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्