काठमाडौं । समता घरेलु लुघवित्त वित्तीय संस्थाले बनेपा नगरपालिकाको कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बनेपा नगरपालिका भित्र सञ्चालित कोभिड अस्पतालको प्रभावकारी व्यवस्थापनका लागि संस्थाले स्वास्थ्य सामग्री सहयोेग गरेको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो लहरको कोरोना भाइरसको संक्रमण जोखिमलाई मध्यनजर गर्दै संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग गरिएको संस्थाका प्रमुख स्रोतले जनाएको हो ।
स्रोतका अनुसार शुक्रबार बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीलाई ५ थान अक्सिजन कन्सन्नट्रेटर, केहि थान थर्मल थर्मोमिटर, सेनिटाइजर, अक्सिमिटर लगायत आवश्यक स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको हो ।
समता लघुवित्त र घरेलु लघुवित्त वित्तीय संस्था बिच मर्जर कार्य सम्पन्न भएपछि गत बैशाख २ गतेदेखि समता घरेलु लघुवित्तको नामबाट राष्ट्रियस्तरको कार्यक्षेत्र सहित एकीकृत वित्तीय कारोवारको शुरुवात गरेको हो ।