Friday, January 24Nepal News Portal
Shadow

बेलायत सरकारद्वारा नेपाललाई २६० वटा भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री


काठमाडौँ । बेलायत सरकारले कोरोना भाईरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोध बमोजिम २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक पर्ने अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको लण्डनस्थित नेपाली दूतावस जनाएको हो ।
बिहीबार अपराह्न सामानसहित बेलायतबाट विमान पठाइ सकिएको बताईएको छ। गैरआवासीय नेपाली सङ्घ यूके तथा नेपाली राजदूतावासको समन्वयमा १० वटा अक्सिजन कन्सन्ट्रेटर पनि सोही विमानबाट नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राप्त गर्ने गरी पठाईएको दूतावासले जनाएको छ ।

अत्यावश्यक सहयोग सामग्री खोप जुटाउनका लागि बेलायती सरकार, बेलायती संसद्का सदस्यहरु, गैरआवासीय नेपाली सङ्घ, विभिन्न नेपाली सङ्घसंस्थाहरु तथा बेलायती गैर सरकारी च्यारिटी संस्थासँग भेटघाट, छलफल तथा समन्वय भैरहेको र केही समयमा परिणाम आउने राजदूत स्रोतको भनाई छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्