Thursday, November 14Nepal News Portal
Shadow

मंगलबारदेखि अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय


काठमाडौं । सरकारले अब काठमाडौंबाट तीन वटा क्षेत्रमा नियमित अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा विहीबार (हिजो) बसेको मन्त्रिपरिषद् वैठकले तीन वटा क्षेत्रका उडान खुला गर्ने निर्णय गरेको हो । यस्तो सेक्टरमा कतार, टर्की र चीनबाट उडान खुला गर्ने गरी निर्णय गरेको पनि उल्लेख छ ।’

हाल भारतमा नियमित उडान सातामा दुई वटा खुला नै रहेको छ । नेपाल वायुसेवा निगमले हरेक बुधबार र भारतीय वायुसेवा एयर इन्डियाले शुक्रबार एकएक उडान गरिरहेका छन् । अन्य मुलुकका उडान २३ गते रातीदेखि बन्द भएपनि भारतको भने खुला नै थियो । अब मंगलबारबाट भने उडान खुला हुने मुलुक कतार, टर्की, चीन र भारतसहित चारवटा पुग्ने भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्