काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल नियुक्त भएका छन् । रिक्त रहेको उक्त पदमा पौडललाई नियुक्त गरिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) प्रमुख रहेका डा. पौडेललाई शुक्रबार (आज) बाट मन्त्रालयको प्रवक्ता जिम्मेवारी पनि दिइएको हो ।
यसअघिका प्रवक्ता प्रा. डा. जागेश्वर गौतम कोभिड–१९ वीर अस्पतालको सिईओमा नियुक्त भएपछि उक्त पद रिक्त रहेको थियो ।