Thursday, December 5Nepal News Portal
Shadow

५ लाख करदाताले पाए सवा २ अर्ब रुपैयाँको कर छुट


काठमाडौं । कोरोना भाईरस (कोभिड -१९) को प्रभाव परेका ५ लाख भन्दा बढी करदाताले सबा २ अर्ब रुपैयाँ बराबरको कर छुट सुविधा पाएका छन् ।
शुक्रबार (आज) अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनासम्मको आर्थिक सर्वेक्षणका अनुसार कुल ५ लाख २० हजार ३ सय ३९ करदाताले २ अर्ब १९ करोड ६२ लाख रुपैयाँको कर छुट पाएका हुन् ।

वार्षिक २० लाखसम्मको कारोबार वा दुई लाखसम्मको आय हुने करदातालाई आव २०७६/७७ मा लाग्ने आयकरको ७५ प्रतिशत छुटको व्यवस्था गरिएकोमा ४ लाख ४८ हजार ७ सय ५३ करदातादाले १ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ कर छुट सुविधा पाएका छन् ।
वार्षिक २० लाखदेखि ५० लाखसम्म कारोबारको आधारमा कर बुझाउने करदातालाई आर्थिक वर्ष २०७६/७७ मा लाग्ने करको ५० प्रतिशत आयकर छुटको व्यवस्था गरेकोमा जम्मा २० हजार ६० करदाताले २१ करोड १८ लाख रुपैयाँ कर छुटको सुविधा पाएका छन् ।

वार्षिक १ करोड सम्मको व्यवसायिक कारोबार भएका करदातालाई आय वर्ष २०७६/७७ मा लाग्ने आयकरको २५ प्रतिशत छुटको व्यवस्था गरिएकोमा ५१ हजार २ सय ४३ करादाताले ४० करोड ४३ लाख करछुट पाएका छन् । पर्यटन क्षेत्रका २ सय ८३ करदाताले ५ करोड ६३ लाख रुपैयाँ कर छुट पाएका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्