काठमाडौं । चालू आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबर आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै चालू आर्थिक वर्षमा संशोधित ४.०१ प्रतिशतको आर्थिक वृद्धिदर पुरा गर्न कठिन हुने बताएका छन् ।
उनकाअनुसार कोभिड महामारी बढेका कारण आर्थिक गतिविधिमा संकुचन आएको र लक्ष्य हासिल गर्न कठिन भएको हो । चालू आर्थिक वर्षको कुल मूल्यवृद्धि, कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.८, १३.१, ६१.१ प्रतिशत रहेको अनुमान छ।
मन्त्री पौडेलले चालू आवमा धानको उत्पादन १ .३ प्रतिशतले वृद्धि भएको बताए । चालू आवको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा ४२ खर्ब ६६ अर्ब ३२ करोडमध्ये वाग्मती प्रदेशको अंश सबैभन्दा बढी अर्थात् ३७ दशमलव शून्य ७ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ४ प्रतिशत रहेको अनुमान रहेको अर्थमन्त्री पौडेलले जानकारी दिए ।
आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै मन्त्री पौडेलले ०७६र७७ मा आर्थिक वृद्धिदर २ दशकमै पहिलोपटक २.१२ प्रतिशतले ऋणात्मक रहेको जानकारी दिए।