काठमाडौं। सरकारले आगामी वर्ष २०७८/७९ को बजेट आज साँझ चार बजे सार्वजनिक गर्दैछ। बजेटमा २ खर्ब ४० अर्ब आन्तरिक राष्ट्र ऋण उठाउने भएको छ भने अध्यादेशबाट जारी हुने बजेटमा वृद्धभत्ता बढाउने कार्यक्रम हुने छ। प्रधानमन्त्रीले नै यो कार्यक्रम घोषणा गरिसकेका छन्। कर्मचारीको पनि भत्ता बढ्ने भएको छ । बजेट प्रधानमन्त्री कार्यकालयमा अर्थमन्त्री बिष्णु पौडेलले सार्वजनिक गर्ने छन्। संसद भङ्ग भएकाले यसपाली अध्यादेशबाट बजेट ल्याउन लागिएको हो।
बजेटमा राजस्वको लक्ष्य २१ प्रतिशतले बढाइएको छ। यसपाली सरकारले कोभिड नियन्त्रण र खोपलाई केन्द्रमा राखेर बजेट ल्याउँदैछ।
बजेटमा निर्वाचनका लागि पनि स्रवत बिनियोजन गरिएको छ। संघीय संसद र स्थानीय तह निर्वाचनका लागि करिव ३० अर्ब रुपैयाँ बिनियोजन गरिएको छ।