Wednesday, April 24Nepal News Portal
Shadow

राउण्ड टेबल नेपालद्वारा अस्पतालहरुलाई २५ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग


काठमाडौं । राउण्ड टेबल नेपालले प्रोजेक्ट लाइफ लाइन अन्तर्गत देशका विभिन्न अस्पतालहरुलाई २५ लाख बराबारको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

संस्थाले कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएकाहरुलाई उपचारमा चाहिने बाइप्याप तथा एचएफएनसी जस्तो जीवन उपयोगी उपकरणहरु विभिन्न अस्पतालहरुलाई सहयोग स्वरुप प्रदान गरेको हो ।
यसले आर्थिक अवस्था कमजोर भएका कोभिडका बिरामीहरुलाई धेरै सहयोग पुग्ने विश्वाश संस्थाले लिएको जनाएको छ।

बाइप्याप भेण्टिलेशन, थेरापीको एउटा प्रकार हो जसले कोभिड १९ बाट संक्रमित गम्भीर बिरामीहरुलाई सास फेर्न सहज बनाउँछ ।
संस्थाले डोल्पाको दुनै जिल्ला अस्पताल, गमगढी जिल्ला अस्पताल, कालिकोट जिल्ला अस्पताल, हुम्ला जिल्ला अस्पताल, जाजरकोट जिल्ला अस्पताल, भैरहवाको भीमा अस्पताललाई १-१ वटा र बुटवलको सिद्धार्थ महिला तथा बालबालिका अस्पताल, पाटन अस्पताल र धनगढीको सेती प्रदेशीय अस्पताललाई २-२ वटा बाइप्याप मेसिन उपलब्ध गराएको हो ।

संस्थमाले सशस्त्र प्रहरी बल अस्पताल र नेपाल प्रहरी अस्पताललाई ५९५ वटा, जे एंड जे क्लिनिकलाई १ र वीर अस्पतलालाई २ वटा बाइप्याप मेसिन निशुल्क भाडामा दिएको छ ।

Total Page Visits: 884 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्