Tuesday, December 3Nepal News Portal
Shadow

अब विद्युतीय गाडीको भन्सार दर घट्ने


काठमाडौं । सरकारले अब विद्युतीय गाडीको भन्सार दर घटाउने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८/८९ मा विद्युतीयको भन्सार दर घटाउन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनमै विद्युतीय गाडीको भन्सार दर घटाउने संकेत गरिएको थियो । ओलीले आफ्नो सम्बोधनमा विद्युतीय गाडीलाई प्रोत्साहन दिने गरी बजेट आउने बताएका थिए । सोही अनुसार अर्थ मन्त्रालयले भन्सार दर घटाउने भएको हो ।
खतिवडाले १० प्रतिशत भन्सार लाग्दै आएको विद्युतीय गाडीमा ८० प्रतिशत भन्सार र अन्तशुल्क लगाएका थिए । विद्युतीय गाडीमा कर बढाइएपछि चौतर्फी दबाबका कारणले सरकारले केही कर घटाएको हो ।

५० किलोवाट क्षमतासम्मका विद्युतीय सवारीमा ३० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको थियो । त्यसलाई घटाएर ८० प्रतिशत छुट दिने निर्णय थियो । ५१ देखि १ सय किलोवाट क्षमताका सवारीसाधनमा ४० प्रतिशत अन्तःशुल्क लाग्नेमा ७५ प्रतिशत छुट दिने निर्णय थियो । त्यसैगरी १ सय १ देखि १ सय ५० किलोवाटसम्म क्षमताका विद्युतीय सवारीसाधनमा ५० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था भएकोमा ७० प्रतिशत छुट दिने निर्णय भएको थियो । १ सय ५१ किलोवाटभन्दा बढी क्षमताका सवारीसाधनमा ६० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क लाग्नेमा २५ प्रतिशत छुट दिने निर्णय भएको थियो ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्