Wednesday, April 16Nepal News Portal
Shadow

खोपका लागि २६ अर्ब ७५ करोड


काठमाडौं। सरकारले खोपका लागि २६ अर्व ७५ करोड रुपयाँ छुट्याएको छ। कोरोना नियन्त्रण र उपचारको लागि ३७ अर्व ५३ करोड रुपयाँ बजेटमा विनियोजन गरिएको छ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै बताएका हुन्। राष्ट्रपतिद्वारा जारी बजेट अध्यादेश अर्थमन्त्री पौडेलले शनिवार वाचन गरेका हुन्।

कोरोनासँग सम्बन्धित स्वास्थ्य सुविधालाई सहयोग गर्ने थप ४ अर्व समेत सरकारले छुट्याएको छ। यो रकमबाट निजी तथा सामुदायिक अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्दा लागतको ५० प्रतिशत अनुदान समेत दिने सरकारले घोषणा गरेको छ।

उपचारमा संलग्न कर्मचारीलगायतका लागिहरुलाई प्रोत्साहन भत्तालाई निरन्तरता दिइएको छ भने कोभिड उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ छुट्याएको छ। अक्सिजन प्लान्ट स्थापना गर्न चाहने कम्पनीलाई ५० प्रतिशत अनुदान, कर छुट र विद्युतमा ५० प्रतिशत छुट दिने समेत अर्थमन्त्रीले बताएका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्