Friday, July 12Nepal News Portal
Shadow

२०७८/ ०७९ को बजेटमा उद्योग सम्बन्धी यस्तो छ व्यवस्था


१. राष्ट्रिय अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान वृद्धि गर्न अनुकूल व्यावसायिक वातावरण सिर्जना गरी नेपाललाई आकर्षण एवम् सुरक्षीत लगानी गन्तव्यको रुपमा विकास गरिनेछ । लगानीमैत्री उद्योग प्रशासन, सौविध्यपूर्ण व्यवहार, संरक्षणयुक्त कर प्रणाली । असल श्रम सम्बन्ध एवम् आधुनिक पूर्वाधार विकास गरी औद्योगिकीकरणको प्रक्रिया तीव्र बनाइनेछ।
२. सिमेन्ट, औषधी, फलामे डण्डी,फर्निचर र जुत्ता लगाएतमा एत्पादन आत्मनिर्भर हुदैँ निकासी प्रवद्र्धन गरिनेछ ।
३.घरेलू, तथा साना मझौला उद्योगलाई संरक्षण गरी स्थानीय कच्चापदार्थ र श्रममा आधारित उत्पादन अभिवृद्धि गरिनेछ ।
४.उच्च हिमाली तथा पहाडी क्षैत्रका २२ जिल्लामा ३घ स्थानीय तहमा ऊन मिशन कार्यक्रम मार्फत भेडा र च्यांग्रापालनका लागि प्रोत्साहित गरिनेछ ।
गण्डकी र कर्णाली प्रदेशमा हिमाली जिल्लामा ऊन प्रशोधन कारखाना स्थापना गर्ने व्यवस्था मिलाएको छ । हिमाली क्षेत्रमा मासु उद्योग सञ्चालन गरी निर्यातलाई प्रोत्साहन गरिनेछ ।
५. विद्युतिय सवारी साधन उत्पादन एवम् एसेम्बलिङ गर्ने विश्वका उत्कृष्ट १० ब्रान्डका कम्पनीलाई उद्योग स्थापना गर्न आकर्षित गरिनेछ । सवारी साधनमा प्रयोग हुने विभिन्न प्रकारका सहायक सामाग्रीको उत्पादन स्वदेशमै गरी पृष्ठ अन्तरसम्बन्धको विकासका माध्यमबाट राजगारी सिर्जना गरिनेछ । यस्ता कम्पनीलाई कर सहुलियतका अतिरिक्त आवश्यक पर्ने जग्गा सरकारले निःशुल्क उपलब्ध गराउनेछ ।
६. झापाको दमक, मकवानपुरको मयुरधाप, रुपनदेहीको मोतीपुर, बाँकेको नौवस्ता, कैलालीको लम्की र कञ्चनपरको दैजीमा आगामी दुई वर्षभित्र औद्योगकि क्षैत्रको पूर्वाधार निर्माण सम्पन्न गरिनेछ । सर्लाहीको मुर्तिया, तनहँुको चिन्तुटार, दाङको लक्ष्मीपुर, सुर्खेतको चौरासेमा औद्योगिक क्षेत्र स्थापना गर्न सम्भाव्यता अध्ययन गरिनेछ ।
७. काभ्रेपलाञ्चोकको पाँचखालमा विशेष आर्थिक क्षेत्रको पूर्वधार निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने छ । सुनसरीको अमरडुवा, कैलालीको हरैया र बर्दियाको राजापुरमा विशेष आर्थिक क्षेत्रको सथापना गर्न सम्भाव्यता अध्ययन गरिनेछ । विशेष आर्थिक क्षेत्रको पूर्वाधार विकासको लागि रु ५२ करोड बिनियोजन भएको छ ।
७ स्थानीय तह शुरु गरिएको आौद्योगीक गा्रम निर्माण कार्यलाई निरन्तरता दिन रु. ९२ करोड विनियोजन गरिएको छ ।
९. काठमाडौको त्रिपुरेश्वरमा सार्क हस्तकला भवन निर्माण कार्य यसै वर्ष सम्पन्न गरिनेछ ।
१०. तुलनात्मक लाभका उद्योगको स्थापना र सञ्चालन गर्न निजी क्षेत्रलाई सहुलियत प्रदान गरिनेछ । एकल विन्दु सेवा केन्द्रबाट लगानीकर्तालाई प्रदान गरिने सेवा विद्युतिय माध्यमबाट उपलब्ध गराईनेछ ।
११. डिजिटल र आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि लगाष्त चौथो पुस्ताको औद्योगीक क्रान्तीले ल्याएका अबसरको उपयोग गरिनेछ ।
१२ं. औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र ग्राममा स्थापना हुने उद्योगलाई थप सहुलियत तथा प्रोतसाहन दिइनेछ । औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न नयूनतम मूल्यमा जग्गा लिजमा उपलब्ध गराउनुका साथै लिज अवधि वृद्धि गरिनेछ ।
१३. औद्योगिक क्षेत्र बाहिर स्थापित उद्योग विशेष आर्थिक क्षेत्रमा स्थापना गरिने । विशेष आर्थिक क्षेत्रमा गरिने उद्योगले उ्रत्पादन शुरु गरेको ३ वर्पसम्म ४० प्रतिशत उत्पादन आन्तरिक बजारमा बिक्री गर्न पाउने व्यवस्था गरिनेछ । विशेष आर्थिक क्षेत्रका उद्योगले तिर्नुपर्ने लिज रकम घटाइनेछ ।
१४. प्रदूषणरहित स्वच्छ राजधानी बनाउने उदेश्य अनुरुप काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका उद्योगहरुलाई मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्रमा स्थानान्तरण हुने उद्योगलाई १० वर्षका लागि निशुल्क जग्गा उपलब्ध गराउने र उद्योगले पैठारी गर्ने मिल मेशिनरी र सोको पार्टपुर्जामा १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था गरिएको छ ।
१५. दलित समुदायको परम्परागत सीप, कला र पेशालाई संरक्षण, सम्बद्र्धन र आधुनिकिकरण गरी व्यावसायीक बनाउन र रोजगारको अवसर तथा दायरा विस्तार गर्न सबै प्रदेशमा भगत सर्वजित सिल्प उत्थान तथा विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
१६. तारे होटल, सिमेन्ट र फलाम उद्योगका लागि आवश्यक पर्ने पहँुच मार्ग र प्रशारण लाइन लगानकिर्ता स्वयंकले निर्माण गरेमा निर्माण लागतको ७५ प्रतिशत रकम शोधभर्ना दिइनेछ ।
१७. फलाम, बहुमूल्य धातु, किमती पत्थर पेट्रोलियम पदार्थ लगायत अन्य खनिज पदार्थको अन्वेषण, सर्वेक्षण गरी उत्खनन् शुरु गरिनेछ । खानीको भौगर्भीक नक्साङ्गन तथा खनिज अन्वेषण सम्बन्धी कार्य प्रारम्भ गर्न आवश्यक रकम छुट्याएको छ ।
१७. बैतडीमा फोस्फराइट, उदयपुरमा म्याग्नेसाइट, ओखलढुंगा खानीडाँडा र आँवुखैरेनीमा तामाखानी, जाजरकोटमा क्वार्ज र धादिङको रुविभ्यालीमा वहुमुल्य पत्थरको सम्भाव्यता अध्ययन गरी उत्खनन् प्रारम्भ गरिनेछ । निजी क्षेत्रसँगको सहकार्यमा काठमाडौं तथा सुर्खेतमा बहुमूल्य, किमती तथा अर्ध किमती पत्थर प्रयोगशाला एवम् प्रशोधन केन्द् स्थापना गरिनेछ ।
१८. स्थानीय तहको संस्थागत क्षेत्रमा अभिवृद्धि गरी सबै स्थानीय तहमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम विस्तार गरिनेछ ।
१८. औद्योगीक पूर्वाधार निर्माण तर्फ रु. २ अर्ब ७७ करोड विनियोजन गरिएको छ ।

 

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्