Wednesday, December 6Nepal News Portal
Shadow

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमानै हुने


काठमाडौं । कक्षा १२ का विद्यार्थीको वार्षिक परीक्षा भौतिक उपस्थितिमा नै हुने भएको छ । शनिबार (हिजो) बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले उपयुक्त समयमा विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गरी परीक्षा गर्ने निर्णय गरेको हो ।

उक्त परीक्षा तत्काल सञ्चालन गर्न कोभिड–१९ का कारण सम्भव नभएको भन्दै साउन तथा भदौ महिनामा उपयुक्त समय भएको भन्दै मन्त्रालयमा सिफारिस गरिएको छ ।

परीक्षा बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलका अनुसार शनिबारको बैठकले कक्षा १२ को पाठ्यक्रम संशोधनको समेत तयारी गर्ने निर्णय गरिएको छ ।

दोस्रो चरणको कोरोना संक्रमणदर बढ्दै गएपछि बोर्डले गत वैशाख २७ गते एसइई र कक्षा–१२ को परीक्षा स्थगित गरेको थियो । यही जेठ १३ गतेदेखि एसइई र जेठ २६ गतेदेखि कक्षा–१२ को परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो । तर, कोभिडका कारण उक्त परीक्षा स्थगित गरिएको हो ।

परीक्षा स्थगित भएपछि एसईई र कक्षा–१२ को परीक्षाको मोडालिटी तयार पर्न एक कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलको बुझाएको प्रतिवेदन माथि शनिबार राष्ट्रिय परीक्षा बोर्डमा छलफल गरिएको थियो ।

शनिबारको बैंठकले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा नै सञ्चालन गर्ने निष्कर्ष निकालिएपनि एसइईको परीक्षा भौतिक उपस्थितिमा सम्भवन नभएको जनाईएको छ । शनिबारको निर्णय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेश गरिएको छ । बोर्डले गरेको सिफारिस मन्त्रालयबाट स्वीकृत भएपछि थप परीक्षाबारे निर्णय हुनेछ ।

Total Page Visits: 1209 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्