काठमाडौं । एचआइडीसीएलले हकप्रद जारी गर्नका लागि जेठ २८ गत बुक क्लोज मिति तोकेको छ । हकप्रद जारी गर्न एचआइडीसीएलले जेठ २८ गतेका लागि बुक क्लोजको मिति तोकेको हो ।
जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले जेठ २८ गतेका लागि बुक क्लोजको मिति तय गरेको हो । जेठ २७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा सेयर खरिद गरेका र त्यसको पाँच दिनसम्म राफसाफ भएर कायम रहेका सेयरधनीहरुले हकप्रद सेयर भर्न पाउनेछन् ।
कम्पनीले चुक्ता पूँजीको शत प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीले ११ अर्बको चुक्ता पूँजी रहेको कम्पनीले असार ५ गतेदेखि हकप्रद सेयर जारी गर्नेछ । हकप्रद शेयर निष्काशन गर्न कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक रहेको छ ।
एचआइडीसीएलले बुक क्लोज जेठ २८ गते
- स
- स
- स