Monday, November 27Nepal News Portal
Shadow

प्रहरीद्वारा ८२ वटा अक्सिजन सिलिन्डर संकलन


काठमाडौं। प्रहरीले देशका विभिन्न ठाउँबाट ८२ वटा खाली अक्सिजन सिलिन्डर संकलन गरेको छ। संकलन गरिएका ८२ वटा खाली, यसअघिको स्टक रहेका ५ वटा भरी र १२ वटा खाली गरी जम्मा ९९ वटा सिलिन्डर आइतबार कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर संकलन गरिएको हो।

Total Page Visits: 652 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्