Friday, December 1Nepal News Portal
Shadow

हिमालयन रिइन्योरेन्सलाई पुनर्बीमा कम्पनी खोल्न अनुमति दिने निर्णय


काठमाडौं। बीमा समितिले हिमालयन रि-इन्स्योरेन्सलाई पुनर्बीमा कम्पनी खोल्न दिने निर्णय गरेको छ। पाँच कम्पनीबाट परेको निवेदनमध्ये समितिले हिमालयनलाई कम्पनी खोल्न सहमति दिएको हो ।
हिमालय रि-इन्स्योरेन्समा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघकाका पूर्व अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष भवानी राणा, नेपाल परिसंघका अध्यक्ष सतीशकुमार मोर, शंकर ग्रुपका साहिल अग्रवाल र सुलभ अग्रवाल, केएल दुगड ग्रुपका विकास दुगड, एमभि दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता तथा अन्य विभिन्न व्यवसायिक घरानाका व्यक्तित्वहरु रहेका छन्।

बीमा समितिले निजी क्षेत्रको लगानी भएको थप एक पुनर्बीमा कम्पनी स्थापना गर्न गरेको आह्वानमा कुल पाँच कम्पनीले निवेदन दर्ता गरेका थिए। निवेदन दर्ता गराउनेमा हिमालयनसहित प्रुडेन्सियल रि-इन्योरेन्स, अन्नपूर्ण रि(इन्स्योरेन्स, काठमाडौं रि-इन्स्योरेन्स र जेन्युन रि-इन्योरेन्सले प्रस्ताव दर्ता गरेका थिए।

बीमा समितिले पुनर्बीमा व्यवसायलाई प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक भएको भन्दै गत वैशाख १६ गते प्रस्ताव आह्वान गरेको थियो। समितिले इच्छुक व्यक्ति तथा लगानीकर्ता संस्थालाई बुधबार मध्यान्ह १२ बजेसम्ममा प्रस्ताव दर्ता गर्न समयसीमा तोकेको थियो।

प्रस्ताव आह्वान गर्नुअघि समितिमा पुनर्बीमा कम्पनी स्थापना गर्न दर्ता भएका सबै प्रस्तावहरु रद्द गरेपछि नयाँ प्रक्रिया सुरु भएको हो।

Total Page Visits: 662 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्