काठमाडौं । अत्यान्तै विवादमा तानिएको मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसि) जस्तै अर्काे विवादास्पद विषय आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा समावेश गरिएको छ । सरकारले बजेटमा नदि ‘पथान्तरण’ भनेर आफ्नो क्षमताभन्दा बाहिरको भएको र भविष्यमा अत्यान्तै विवाद हुनससक्ने विषय समावेश गरेको अर्थविद् बताउँछन् ।
सुरुङ्गको माध्यमबाट एक नदीको पानी अर्काे नदीमा पथान्तरण गरी खानेपानी, सिँचाइ र विद्युतका लागि बहुउद्देश्यीय प्रयोग गर्ने प्रविधिबाट जलस्रोत उपयोगको नयाँ युगमा नेपाल प्रवेश गरेको बजेटमा उल्लेख छ । तर, नदी पथान्तरण अन्तर्राष्ट्रिय स्तरमै विवादित विषय भएकाले यसले भविष्यमा ठूलो रुप लिने बताइएको छ ।
सम्भावनायुक्त स्थानमा नदी पथान्तरण आयोजना सञ्चालन गरी झापादेखि कञ्चनपुरसम्मका तराईका भूूभागमा सिँचाई सुविधा विस्तार गर्ने पनि बजेटमा उल्लेख छ ।
त्यसैगरी विवादास्पद एमसीसीको लागि बजेटमा कार्यक्रम राखिएकोमा पनि अर्थविद्हरुले प्रश्न गरेका छन् । निक्र्योल नगरिकन बजेटमा यस्ता विषयहरु समावेश गर्नुु गलत भएको बताइएको छ ।
अन्तर्राष्ट्रिय स्तरमै विवादास्पद मानिएका विषय सरकारले बजेटमा जानी–बुझि समावेश गर्नु उपयुक्त नहुँने विज्ञ बताउँछन् ।
सरकारले ल्यायो एमसिसि जस्तै विवादास्पद ‘नदि पथान्तरण’ कार्यक्रम (भिडियो सामग्री)
- स
- स
- स