Thursday, September 12Nepal News Portal
Shadow

काठमाडौंमा निषेधाज्ञा खुकुलो गर्न आज बैठक बस्दै


काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्ने भएको छ ।
तीन जिल्लामा निषेधाज्ञा लागुहुँदा संक्रमितको संख्यामा कमी नआएको भन्दै गत जेठ १४ गतेबाट एक साता निषेधाज्ञामा कडाई गरिएको थियो । किराना पसलदेखि डिपार्टमेण्डल स्टोर समेत बन्द गरेर कडाई गरिएको निषेधाज्ञाको मोडालिटीको विषयमा मंगलबार (आज) दिउँसो छलफल हुने भएको छ ।
किराना तथा डिपार्टमेण्टल स्टोरहरु निश्चीत समयका लागि खुला गरेर निषेधाज्ञा थप एक साता लम्ब्याउने तयारी भएको छ ।

निषेधाज्ञाको मोडालिटीको विषयमा छलफल गर्न मंगलबार दिउँसो ३ बजे बैठक बस्न लागिएको काठमाडौंका सिडिओले जानकारी दिएका छन् ।
चौथौँ पटक थपिएको निषेधाज्ञा जेठ २० गते सकिदैँछ । उपत्यकाका तीन जिल्लामा गत बैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्