Monday, February 10Nepal News Portal
Shadow

नेपाल आइपुग्यो चीनले अनुदानमा दिएको ८ लाख डोज खोप


काठमाडौं । चीनले अनुदानमा दिएको कोरोनाविरूद्धको ८ लाख डोज मंगलबार (आज) नेपाल आइपुगेको छ।
गत जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई थप १० लाख डोज खोप दिने घोषणा गरेका थिए। यसअघि पनि चीनले ८ लाख डोज खोप अनुदानमै दिएको थियो।

योपटक चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज सोमबार राति बेइजिङ गएको थियो। उक्त खोप लिएर जहाज मंगलबार दिउँसो नेपाल आइपुगेको हो। बाँकी २ लाख डोज भने तिब्बत सरकारले प्रदान गर्ने र युनान प्रान्तको राजधानी कुनमिङबाट हिमालय एयरलाइन्सले निःशुल्क नेपाल ल्याइदिने भएको छ।

यसअघि चीनबाट ल्याइएको ८ लाख डोज खोप १८ वर्ष उमेर समूहका मानिसलाई लगाइएको थियो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्