Friday, November 8Nepal News Portal
Shadow

दोहोरो अंकले घट्यो नेप्से, ८ अर्ब ५९ करोडको कारोबार


काठमाडौं । मंगलबार नेप्से परिसूचक २ हजार ७७१ दशमलव १५ विन्दुमा बन्द भएको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ११ दशमलव ६८ अंक घटेको हो । गत वैशाख २७ गतेदेखि निरन्तर उकालो लागेको बजार गत साताको तेस्रो कारोबार दिनदेखि प्रभावित बन्दै आएको हो ।

गत साता दुई कारोबार दिन घटेको बजार यस साताको पहिलो कारोबार दिन भने सर्वाधिक रकमको शेयर कारोबारसँगै नेप्से परिसूचक पनि सर्वाधिक उच्च विन्दुमा पुगेको थियो ।

उक्त दिन रू. १७ अर्ब २ करोड ८४ लाख ३२ हजार बराबरको शेयर खरीदविक्री भएको थियो भने नेप्से परिसूचक पनि १२ दशमलव ५४ अंक बढेर २ हजार ८२७ दशमलव ९३ विन्दुमा पुगेको थियो ।

मंगलवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । सोमवार रू. १३ अर्ब ९० करोड ९१ लाख १३ हजार बराबरको ३ करोड ८ लाख ८८ हजार ६९५ कित्ता शेयर कारोबार भएको बजारमा मंगलवार भने रू. ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार बराबरको १ करोड ९७ लाख ८३ हजार ४५४ कित्ता शेयर कारोबार भएको छ ।
यो कारोबार २१६ ओटा कम्पनीको ९८ हजार ६०७ पटकको व्यापारमा भएको हो । यस दिन सर्वाधिक रकमको शेयर काराबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । उक्त कम्पनीको रू। ५७ करोड ८ लाख १५ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको दिन कम्पनीको शेयरमूल्य पनि प्रतिकित्ता रू. ७२ ले बढेर अन्तिम मूल्य रू. १ हजार ६३१ कायम भएको छ ।

दोहोरो अंकले घटेको बजारमा कालिका पावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४१ ले बढेर अन्तिम मूल्य रू. ४५१ कायम भएको छ ।

यो दिन लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य ८ दशमलव २५ प्रतिशत र गोर्खाज फाइनान्सको ७ दशमलव ९७ प्रतिशत र समीट लघुवित्तको ७ दशमलव ८७ प्रतिशतले शेयरमूल्य बढेको छ ।

लुम्बिनी विकास बैंकको प्रतिकित्ता रू। ३३ ले बढेर अन्तिम मूल्य रू। ४३३, गोर्खाज फाइनान्सको प्रतिकित्ता रू। ६३ ले बढेर अन्तिम मूल्य रू। ८५३, र समीट लघुवित्तको प्रतिकित्ता रू। १३५ ले बढेर अन्तिम मूल्य रू. १ हजार ८५० कायम भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्