काठमाडौं । जनता समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य केशव झाले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले मधेशलाई समेटेर ‘उठो मधेसी, जागो मधेशी’ बोलको गीत सार्वजनिक गरेका हुन्।
उक्त गीतमा झाकै शव्द, संगीत र स्वर रहेको छ । गीतको रचना गर्न झण्डै ५ वर्ष लागेको झाले बताएका छन्। गीतमार्फत् उनले अधिकारका लागि मधेसी समुदाय उठ्नुपर्ने र आफूहरु पनि एक आपसमा लड्न नहुने सन्देश दिन खोजेका छन्।