Monday, September 16Nepal News Portal
Shadow

आइएमई फाउन्डेसनद्वारा तीन करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग


काठमाडौं । आइएमई फाउन्डेसनले कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा उपचारका लागि तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामाग्री नेपाल सरकारलाई प्रदान गरेको छ ।
आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले मंगलबार (हिजो) स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई संयुक्तरुपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका हुन् ।

फाउन्डेसनले गण्डकी प्रादेशिक अस्पताल, पोखरा, कास्की, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, रूपन्देही, सेती प्रादेशिक अस्पताल, धनगढी, कैलाली र सिभिल अस्पताल, मीनभवन, काठमाडौंलाई ८० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।
फाउन्डेसनले जनता स्वास्थ्य केन्द्रद्वारा सञ्चालित आइसोलेसन सेन्टरलाई १५ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । यसका अतिरिक्त फाउन्डेसनले शुक्रराज सरुवारोग अस्पताल, टेकुमा करिब रु १ करोड २८ लाख बराबरको अक्सिजन प्लान्ट स्थापनाको लागि पनि प्लान्ट अर्डर गरिसकेको जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्