Monday, September 16Nepal News Portal
Shadow

चीनमा पहिलो पटक मानिसमा बर्डफ्लुको ‘एच१०एन३ भेरियन्टको संक्रमण पुष्टि


काठमाडौं । चीनमा बर्डफ्लुको दुर्लभ भेरियन्ट एच१०एन३ को संक्रमण पहिलोपटक मानिसमा पुष्टि भएको छ । चीनका ४१ वर्षीय पुरुषमा उक्त भेरियन्टको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका हुन्।

समाचारमा उल्लेख गरिए अनुसार चीनको जियान्सु प्रान्तमा बस्ने ४१ वर्षीय पुरुषमा गतसाता कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनी अहिले संक्रमणबाट मुक्त भइसकेका छन् ।

बर्डफ्लुको धेरै भेरियन्टहरु देखिएका छन् । तर, कुखुरा फर्ममा काम गर्ने मानिसमा भने यो संक्रमण भने देखिएको थिएन । अहिले संक्रमण देखिएका मानिसको सम्पर्कमा आएका अन्य मानिसमा गरिएको परीक्षणमा भाइरसको संक्रमण देखिएको थिएन । यो संक्रमण एक मानिसबाट अर्को मानिसमा सजिलै नसर्ने अनुमान गरिएको छ ।

चीनको नेशनल हेल्थ कमिसन (एनएचसी)  ले मंगलबार (हिजो) दिएको जानकारी अनुसार जेनजियाङ सहरमा बस्ने बर्डफ्लुका संक्रमित गत अप्रिल २८ मा अस्पतालमा भर्ना भएका थिए । त्यसको एक महिनापछि उनलाई एच१०एन३को संक्रमण भएको पुष्टि भएको थियो ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्