Tuesday, December 5Nepal News Portal
Shadow

ओलीले डाके एमाले स्थायी कमिटी बैठक


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार (आज) पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन्।
स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार ओलीले दिउँसो ४ बजे सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन्।

हिजो मंगलबार पनि ओलीले बालुवाटारमा पार्टीको स्थायी कमिटी बैठक बोलाएका थिए। बैठकमा माधवकुमार नेपाल पक्षका थप १२ जना नेताहरुलाई अनुशासन उल्लंघनको कारवाही गर्ने अनुमान गरिएको थियो।

तर बैठक अगावै पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले स्पष्टीकरण सोधिएका नेताहरुका मामिलामा छलफल गर्ने एजेण्डा बैठकमा नरहेको जानकारी दिएका थिए।

ओलीले नेपाल पक्षका १२ जना नेतालाई यही जेठ १२ गते स्पष्टीकरण सोधेका थिए। त्यसअघि जेठ १० गते उनले नेपालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निस्काशनको निर्णय स्थायी कमिटी बैठकबाट गराएका थिए।

Total Page Visits: 397 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्