Friday, January 24Nepal News Portal
Shadow

अब आइफोनमा पनि भोल्टी चल्ने, कसरी गर्ने एक्टिभ ?


काठमाडौं । आईफोनमा नेपाल टेलिकमको भीओएलटीई सेवा उपलब्ध भएको छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले मंगलबार सामाजिक सञ्जाल मार्फत आईफोनमा उक्त सेवा सुचारू भएको जनाएका हुन् ।
टेलिकमले नेपालमा पहिलोपटक फोरजी सेवा सार्वजनिक गर्दासमेत आईफोनमा यस्तै समस्या देखिएको थियो ।

कसरी गर्ने एक्टिभ ?

टेलिकमको भीओएलटीई सेवा एक्टिभ गर्नको लागि आफ्नो मोबाइलमा *222# डायल गरी अंक २ थिचेर यो सेवा एक्टिभ गराउन सक्छन् । त्यसपछि आफ्नो मोबाइलको सेटिङमा गएर भीओएलटीई अन गरेर *111# डायल गरी १०० मिनेट भीओएलटीई कल निःशुल्क पाउन सकिन्छ ।

आईफोनका ग्राहकले भने १४४४ डायल गरी प्राप्त निर्देशनका आधारमा उक्त सेवा एक्टिभ गर्न सक्नेछन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्