काठमाडौं । नेपाल सरकारले आवश्यक सेवा सञ्चाल ऐन २०१४ को दफा (३) को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी बीमा सेवामा हड्ताल गर्न निषेध गरेको छ । आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्दै यस्तो आदेश जारी गरिएको हो ।
गृह मन्त्रालयले २५ वटा सेवामा हड्ताल गर्न निषेध गरेको छ। सरकारले डाँक, तार वा टेलिफोन सेवा, जल स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायार सेवा, हवाईअठ्ठ वा हवाईजहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने काम सँग सम्बन्धित सेवा लगायतका क्षेत्रमा हड्ताल तथा अवरुद्ध गर्न नपाइने भएको हो ।
Total Page Visits: 1001 - Today Page Visits: 1