Thursday, April 18Nepal News Portal
Shadow

नेप्स परिसूचक ५५ अङ्कले बढ्यो, ११ अर्ब भन्दा बढिकोे कारोबार


काठमाडौं । वुधबार (आज) नेप्से परिसूचक ५५.७६ अङ्क वृद्धि भएर २,८२७.१२ विन्दुमा पुगेको छ । कारोबार रकम पनि हिजोको तुलनामा वृद्धि भएको छ । आज ११ अर्ब ३५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । हिजो ८ अर्ब रुपैयाँको शेयर कारोबार भएको थियो ।

आज २१९ ओटा कम्पनीको २ करोड २६ लाख १३ हजार २९ कित्ता शेयर खरिद विक्रि भएको छ । आज १३ ओटा समूहमध्ये १२ ओटा समुहको परिसूचकमा वृद्धि आएको छ । आज म्युचुअल फण्ड समूहको परिसूचक ०.१२ प्रतिशतले घटेको छ ।

आज राष्ट्रिय विमा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर २३ हजार ५९४ रुपैयाँ पुगेको छ । सानिमा माई हाईड्रोपावरको १० प्रतिशतले बढेर ५०६ रुपैयाँ, मञ्जुश्री फाईनान्सको ९ दशमलव ९७ प्रतिशतले बढेर ७५० रुपैयाँ, पोखरा फाइनान्सको ९ दशमलव ९७ पतिशतले बढेर ४३० रुपैयाँ शेयर मूल्य कायम भएको छ ।

आज सर्वाधिक मूल्यको शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यो कम्पनीको आज १ अर्ब ३७ करोड ८७ लाखको शेयर खरिद विक्री भएको हो । यो कम्पनीको शेयर मूल्य आज १ हजार ७ सय ९० कायम भएको थियो ।

 

Total Page Visits: 538 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्