Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
पछिल्लो २४ घन्टामा उपत्यकामा १८८८ जनामा संक्रमण पुष्टि, – Udhyognews.com
Wednesday, July 9Nepal News Portal
Shadow

पछिल्लो २४ घन्टामा उपत्यकामा १८८८ जनामा संक्रमण पुष्टि,


काठमाडौं, १४ कार्तिक (ससं) । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८८८ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण पुष्टि भएको छ ।

शुक्रबार देशभरमा भने ३५१७ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं जिल्लामा कुल संक्रमितको संख्या ६० हजार ७४२ पुगेको छ । जसमध्ये ४४ हजार २८८ जना निको भएका छन् भने २१२ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १६ हजार २४२ पुगेको छ ।

ललितपुर जिल्लामा कुल संक्रमितको संख्या ८५९९ रहेको छ । जसमध्ये ६१९६ जना निको भएका छन् भने ५८ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या २३४५ रहेको छ ।

भक्तपुरमा ५६५० जना संक्रमित भएकामा ४ हजार ४२२ जना निको भएका छन् भने ६३ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ११६५ रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्