काठमाडौं । चीनले अनुदान स्वरुप दिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भेरोसेल खोप जेठ २५ गतेदेखि ज्येष्ठ नागरिकलाई दिइने भएको छ । देशभरका सबै ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले जानकारी दिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार ६० देखि ६४ वर्षका नागरिकको संख्या ८ लाख ५४ हजार रहेको छ । चीनले अनुदानमा दिएको १० लाखमध्ये ८ लाख डोज नेपाल आइपुगेको छ भने बाँकी २ लाख आउने क्रममा छ ।
मन्त्रालयको तथ्यांकअनुसार ४ लाख ३५ हजार १ सय १२ जनाले कोभिसिल्ड र २ लाख ७९ हजार जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाइसकेका छन् । कोभिसिल्ड खोप लगाएका १३ लाखभन्दा बढी नागरिक दोस्रो डोजको पर्खाइमा छन् रहेका छन् । भरोसेल पहिलो डोज लगाउने ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो डोजको सुनिश्चितता हुने गरी व्यवस्थापन गरिएको पनि डा। पौडेलले बताए ।