Sunday, April 13Nepal News Portal
Shadow

१ महिना सम्म काठमाडौंमा मेलम्चीको पानी वितरण बन्द गरिने


काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी अब असार १ गते देखि झन्डै एक महिना काठमाडौंमा नआउने भएको छ। सुरूङ परीक्षणका लागि पानी बन्द गर्नुपर्ने अवस्था आएको मेलम्ची खानेपानी आयोजनाले जनाएको हो ।
सुरूङमा कुनै त्रुटि नरहे ११ दिनबाट पानी पठाउन थालिने छ । ठेक्का सम्झौता अनुसार सुरूङमा समस्या रहेको देखिए निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने प्रावधान छ।
अहिले मेलम्ची खानेपानी आयोजनाबाट १७ करोड लिटर काठमाडौं उपत्यकामा आइरहेको छ। त्यो पानी नआउँदा अभाव रहने भएको छ।

यो अभाव टार्ने उपाय भनेको पुरानो वितरण प्रणालीबाट आउने पानी हो। त्यसले अभावलाई केही हदसम्म मात्र टार्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्