काठमाडौं । साताको अन्तिम कारोबार विहिबार (आज) नेप्से परिसूचक २९.५५ अङ्कले बढेर २ हजार ८५६ विन्दूमा पुगेर बन्द भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ७.९६ अङ्कले बढेर ५१३ विन्दुमा पुगेर वन्द भएको छ ।
कारोबार रकममा पनि उत्साह छाएको छ । २१८ कम्पनीको ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता शेयर १६ अर्ब ९० करोड ७० लाख रुपैयाँमा खरिद विक्री भएको छ । गत आइतबार १७ अर्ब २ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो ।
आज १३ ओटा समूहमधये ९ ओटा समूहको परिसूचक घटेको छ भने बाँकी रहेका ४ ओटा समूहको परिसूचकमा गिरावट आएको छ ।
शेयर बजार २९.५५ अङ्कले वृद्धि, १६ अर्ब भन्दा बढिको शेयर कारोबार
- स
- स
- स