Wednesday, September 18Nepal News Portal
Shadow

होटलको कोठा बुक गर्न पर्याे ? ‘अतिथि घर’ एप प्रयोग गर्नुहोस्


काठमाडौं । नेपालमा पर्यटन तथा सूचना प्रविधिको क्षेत्रमा आवद्ध व्यवसायीहरु नेपालमै पहिलो पटक अनलाइनमार्फत होटल बुक गर्न सकिने एप ‘अतिथि घर’ सञ्चालनमा ल्याएका छन् । अब, विश्वका जुनसुकै कुनामा बसेर नेपालका जुनसुकै क्षेत्रका होटलका कोठाहरु सजिलै यो एपमार्फट बुक गर्न सकिन्छ ।

यो एप एनड्रोइड र आइओएस दुवैबाट डाउनलोड गर्न सकिन्छ। यती टेक कम्पनीले निर्माण गरेको यो एप एवम् सूचना प्रविधि एवम्,पर्यटन व्यवसायी विश्व पुरी, मेघ आले, मिग्मा डेविट शेर्पा, अजय खड्का र सुजन सुवेदीको समुह मिलेर सञ्चालनमा ल्याएका हुन् । ‘मेकइन नेपाल, मेडइन नेपाल’ भन्ने सरकारी नारालाई आत्मासाथ गर्दै यो एप सञ्चालनमा ल्याएका हुन् ।

एपमा एक सय भन्दा बढी होटल छन्। नेपाल भरकै होटल एपमा लिस्टिङ गर्ने कम्पनीका निर्देशक विश्व पुरीले जानकारी दिए । एपमा नेपालका हिमालय क्षेत्रको होटलहरु समेत समावेश गरिने बताइएको छ। अहिलेसम्म हिमालतिरका होटल एपबाट बुकिङ गर्न सकिँदैन् ।

यो एपको प्रयोगले विश्वमाझ नेपाललाई चिनाउँने मात्र नभइ विदेशी एपबाट बुकिङ गर्दा वार्षिक करोडौं रूपैयाँ बाहिरिने गरेकोमा त्यो मुद्रा नेपालमै सञ्चित समेत हुनेछ । यो एपबाट होटल बुकिङ गर्दा ग्राहकले फोन पे, इसेवा तथा जुनसुकै देशको मास्टरकार्डबाट पनि पैसा तिर्न सक्ने छन् व्यवस्था गरिएको छ । आफ्नो विस्तृत विवरण पनि एप मार्फत नै भर्न सकिन्छ । जसले गर्दा होटलमा गएर परिचय पत्र देखाउनुपर्ने वा विवरण भर्नुपर्दैछ ।

यस्तै यो एपमा ग्राहकलाई होटल खोज्न सहज होस् भनेर कम्पनीले नक्सा समेत आफैले निर्माण गरेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्