Sunday, May 19Nepal News Portal
Shadow

जलविद्युत पत्रकार समाज गठन, अध्यक्षमा कोइराला र महासचिवमा निरौला


पोखरा, कात्तिक १७ (ससंं) । जलविद्युत क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुको राष्ट्रिय भेलाले जलविद्युत पत्रकार समाज गठन गरेको छ । आइतबार कास्कीको माछापुच्छ्रे गाउँपालिकामा देशभरका पत्रकारहरुको भेलाले कास्कीका भरत कोइरालाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्ष दिपक ज्ञवाली (रुपन्देही), महासचिवमा ज्ञानेन्द्र निरौला (झापा), सचिवमा कृष्ण दवाडी (कास्की), कोषाध्यक्षमा तारा चापागाईं (कास्की) चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा मिलन विश्वकर्मा (काठमाडौं), बलराम बुढाथोकी (काठमाडौं), अक्कल कुँवर (काठमाडौं), प्रतिक इच्छुक शर्मा (सल्यान), अनिता घिमिरे (कास्की) चयन भएका छन् ।

एक उपाध्यक्ष सहित दुई सदस्य भने पछि मनोनयन गरिने महासचिव बताइएको छ । भेलाले सल्लाहकारसमेत चयन गरेको छ । सल्लाहकारमा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल, राष्ट्रिय समाचार समितिका उपसम्पादक जीवन भण्डारी चयन भएका छन् ।

नवगठित समितिलाई शुभकामना दिँदै भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अध्यक्ष जगतबहादुर पोखरेलले जलविद्युत क्षेत्रमा रहेका सम्भावना, समस्या र चुनौतीका बारेमा अब थप सशक्तरुपमा आवाज बुलन्द हुने विश्वास व्यक्त गरे । संस्थालनई अगाडि बढाउन कम्पनीको ५० हजार रूपैयाँ सहयोग गर्ने बताए ।

Total Page Visits: 944 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्