काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ५ लाख ७६ हजार ९ सय ३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहिबार (आज) ५ हजार ९०४ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । कोरोनालाई जितेर घर फर्किनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा ७५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ६३० पुगेको छ ।
२४ घण्टामा थप ५ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि, ७५ जनाको मृत्यु
- स
- स
- स