Saturday, September 7Nepal News Portal
Shadow

खानीखोला हाइड्रोपावरको कारोबार रोकियो


काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) ले खानीखोला हाइड्रोपावर कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । कम्पनीले वित्तीय विवरणहरु सार्वजनिक नगरेको भन्दै दोस्रो बजारमा कारोबार रोक्का गरेको हो ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२ क मा भएको व्यवस्था बमोजिम वित्तीय विवरणहरु नेप्सेमा पेश नगरेको बिहीबार (जेठ २० गते) देखि कारोबार रोक्का गरिएको हो ।
बिहीबार खानीखोला हाइड्रोपावरको शेयरमूल्य २.३४ प्रतिशतले घटेर प्रतिकित्ता २५० रुपैयाँमा अन्तिम कारोरबार भएको छ ।
तीन ओटा हाइड्रोपावर कम्पनीले वित्तीय विवरण सार्वजनीक नगरेको भन्दै धितो पत्र बोर्डमा निवेदन दिएका थिए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्