Thursday, January 23Nepal News Portal
Shadow

हेल्लो डाक्टर र सहायता केन्द्रबाट धेरैले सहयोग पाएको उद्योग वाणिज्य महासंघको दाबी


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाईरस (कोभिड -१९) संक्रमितका विरामीहरूको सहयोगका लागि सञ्चालन गरेको स्वास्थ्य अभियानबाट संक्रमित विरामी, तिनका परिवार र आफन्तहरूसहित धेरैलाई सहयोग पुगेको बताएको छ ।
महासंघले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न निषेधाज्ञा लागू गरिएपछि हेल्लो डाक्टर स्वास्थ्य परामर्श र कोभिड – १९ सहायता केन्द्र सञ्चालन गरिरहेको छ ।

महासंघले सञ्चालन गरेको स्वास्थ्य अभियानबाट संक्रमित विरामी, तिनका परिवार र आफन्तहरूसहित धेरैले राहत पाएका छन् । महासंघका अनुसार बिहीवारसम्म हेल्लो डाक्टर स्वास्थ्य परामर्श कार्यक्रमबाट ५५० भन्दा बढी कोभिड संक्रमित विरामीहरूले डाक्टरहरूबाट स्वास्थ्य परामर्श र सहायता केन्द्रबाट करीब २५० जनाले स्वास्थ्य सहायता लिएका छन् ।

गत वैशाख २६ बाट शुरू भएको हेल्लोडाक्टरमार्फत भाइवरको सहकार्यमा डाक्टर अन कलका चिकित्सकहरूले विरामीहरूलाई स्वास्थ्य परामर्श दिइरहेका छन् ।
कोभिड सहायता केन्द्रबाट गम्भीर प्रकृतिका विरामीहरूदेखि भर्खर कोभिड संक्रमण भएकासम्मले सहयोगका लागि आग्रह गरेका छन् । केन्द्रकातर्फबाट हालसम्म डेढ वर्षको बच्चादेखि ८९ वर्षसम्मका जेष्ठ नागरिकलाई सेवा दिइएको छ ।

वैशाख २४ गतेबाट काम थालेको सहायता केन्द्रमा दैनिक सरदर १६/ १७ जनाले सहयोगका लागि आग्रह गर्ने गरेका छन् । केन्द्रमा मुलुकका सबै भागबाट सहयोगका लागि आग्रह भई आएको महासंघले बताएको छ ।

सहायता केन्द्रबाट अस्पताल/ आईशोलेसन केन्द्र सहजीकरण, अक्सिजन सिलिन्डर, अस्पताल, एम्बुलेन्स, हवाई तथा यातायात व्यवस्थापन लगायतमा सहयोग तथा समन्वय भइरहेको छ ।

कोभिड संक्रमण भई अस्पताल जान समस्या परेकालाई नजिकको अस्पतालसम्म पुरयाउन, अस्पतालमा अक्सिजन सहितको आईसीयू, भेन्टिलेटर बेड पाउन समस्या परेका, अक्सिजन सिलिन्डर भर्न समस्या परेका, अक्सिजनसहितको सिलिन्डर, आईशोलेसन केन्द्र, रेम्डेसिभरलगायतका अत्यावश्यक औषधि नपाएका र डाक्टरको परामर्श खोजिरहेकाहरूलाई केन्द्रबाट सहयोगको पहल भएको पनि महासंघले बताएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्