काठमाडौं । किसानले उखु बिक्री गरेको १५ दिनभित्र अनुदानको रकम पाउने भएका छन् । सरकारले आ.व .२०७८/७९ को बजेट भाषणमा उखु बिक्री भएको १५ दिनभित्र किसानलाई अनुदान रकम उपलब्ध गराउने जनाएसँगै किसानले रकम प्राप्त गर्ने भएका हुन् ।
सरकारले आगामी आ.व .मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ४५ अर्ब ९ करोड बजेट छुट्याएको छ । त्यसमध्ये ८४ करोड रुपैयाँ उखु
किसानलाई अनुदान दिने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।