काठमाडौं । बतास फाउण्डेसनले पश्चिमान्चल क्षेत्रीय अस्पतालमा निर्माण गर्न लागिएको अक्सिजन प्लाण्टका लागि पोखरा महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष शंकर बास्तोलाले आर्थिक सहयोग गरेका छन् । वडा अध्यक्ष बास्तोलाले प्लाण्ट बनाउने अभियानमा १ लाख १ हजार १ सय ५ रुपैयाँ सहयोग गरेका हुन् ।
सहयोग हस्तान्तरण गरेपछि बास्तोलाले नागरिकको उपचारमा गम्भिर हुन महानगर, प्रदेश र संघ सरकारसँग अपिल समेत गरेका छन् ।
बतास फाउण्डेसनको संयोजनमा पश्चिमान्चल क्षेत्रीय अस्पतालमा उच्च गतिको अक्सिजन उत्पादन प्लाण्ट जडान गर्न लागिएको छ । निजी क्षेत्रहरुले संयुक्त रुपमा पोखरासहित देशभरका १० ठाउँमा अक्सिजन प्लान्ट निर्माण गर्न लागेको छ । यसका लागि १२ करोड रुपैयाँ लाग्ने बतास फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासले जानकारी दिएका छन् ।
अक्सिजन प्लाण्ट बनाउन वडाअध्यक्ष बास्तोलाद्वारा आर्थिक सहयोग
- स
- स
- स