Saturday, September 7Nepal News Portal
Shadow

सिटिजन्स बैंकले ल्यायो मोबाइल बैंकिङमार्फत यस्तो सुविधा


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले मोबाइल बैंकिङमार्फत अधिकतम २ लाख रुपैयाँसम्मको कर्जा लिन सकिने ‘पेडे लोन’ नामक नयाँ योजना ल्याएको छ । एफवान सफ्ट इन्टरनेशनल प्रा.लि. सँगको सहकायमा बैंकले ग्राहकलाई यस्तो सुविधा प्रदान गर्न लागेको हो ।

बिहीबार (हिजो) बैंकको मुख्य कार्यालयमा भर्चुअल कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ‘पेडे लोन’ योजना सार्वजनिक गरेका हुन् । बैंकमा तलब खाता संचालन गरिरहेका तथा बचत खातामा नियमित कारोबार गर्ने ग्राहकले यस्तो कर्जा अधिकतम ३० दिनसम्मका लागि सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बिनाधितो, बिनाकागजी प्रक्रिया, बिनाबैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिनेजस्ता विशेषताले योजना लोकप्रिय हुने बैंकको दाबी छ ।
बैंकमा दुई वर्षदेखि नियमित तलब खाता प्रयोग गरीरहेका ग्राहकले कर्जा चाहिए यो बैंकको मोबाइल एपबाट आवेदन दिन सक्नेछन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्