Sunday, May 19Nepal News Portal
Shadow

पर्साको धोबिनीमा १० करोड लागतको अस्पताल बन्दै


काठमाडौं । पर्साको धोबिनी गाउँपालिकामा स्वास्थ उपचारका १० करोड लागतको अस्पताल बन्ने भएको छ । वीरगंजबाट २० किलोमिटर पश्चिममा पर्ने यस गाउँपालिकामा नै १५ शय्याको अस्पताल निर्माण हुने भएपछि स्थानीयबासीको यो समस्या छिट्टै नै हट्ने देखिएको हो ।
१० करोडको लागतमा निर्माण हुने यो अस्पतालका लागि ठेक्का साकार समेत भइसकेको छ । डिजाइन समेत तयार भइसकेको अस्पताल आगामी १८ महिनाभित्र निर्माण पूरा गरेर सञ्चालनमा नै ल्याइसक्ने लक्ष्य रहेको छ ।

सरकारले यसअघि नै चालु आर्थिक वर्षको बजेटबाटै हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्ने सोच अघि सारेको थियो । गत वर्ष डा. युवराज खतिवडाको बजेटबाट अघि बढाइएको सोही योजनाअनुरुप नै जिल्लाको धोबिनी गाउँपालिकामा यो अस्पताल निर्माण गर्न लागिएको हो।

Total Page Visits: 465 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्