काठमाडौं । ईकमर्श प्लेटफर्म रिचार्जरले कोरोना भाइरसका बिरामीका लागि आवश्यक पर्ने उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर नेपाली बजारमा भित्र्याएको छ । यसअघि कोरोना प्रोटेक्टिभ उपकरणको बिक्री वितरण गर्दै आएको रिचार्जरले अक्सिजनको अभाव भएपछि अस्पताल तथा घरायसी प्रयोजनका लागि ठूलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर भित्र्याएको हो ।
ग्लोबल की टेक्नोलोजी रिचार्जरले उत्कृष्ट ब्राण्ड भित्र्याएसँगै राष्ट्रिय आविष्कार केन्द्रले रिचार्जरबाट ठुलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको छ । रिचार्जरबाट आविष्कार केन्द्रले ५ लिटर तथा १० लिटर क्षमताका विभिन्न ब्राण्डका सय थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटरहरु खरिद गरेको हो ।
आविष्कार केन्द्रले लोकप्रिय मानिएका ब्राण्ड खरिद गरेको छ । ब्राण्डलाई पहिलो प्राथमिकतामा राख्दै राष्ट्रिय आविष्कार केन्द्रबाट जाँच पास भएको २ वर्षसम्मको वारेन्टी उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।
घरायसी तथा अस्पताल प्रयोजनका ५ र १० लिटर क्षमताका अक्सिजन कन्सन्ट्रेटरहरु ३५ हजारदेखि १ लाख ८८ हजार रुपैयाँसम्ममा उपलब्ध हुने बताइएको छ ।
रिचार्जरले एनजीओ÷आईएनजीओ, अस्पताल, बैंक, फाइनान्स, को अप्रेटिभ ,कर्पोरेट हाउसलाई बजार मूल्यभन्दा सस्तोमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउँदै आएको छ । पल्स अक्सीमिटर, मास्क , सेनिटाइजर , पीपीई सेटलगायतका सामान रिचार्जर एपमा पनि उपलब्ध रहेको छ ।