Thursday, January 23Nepal News Portal
Shadow

अष्ट्रेलियाबाट आएको अत्यावश्यक स्वास्थ्य सामाग्री आइपुग्यो नेपाल


काठमाडौं । अष्ट्रेलिया सरकारले नेपाललाई कोरोना भाइरस (कोभिड-१९) माहामारी विरूद्ध अग्रपङ्क्तिमा कार्यरत ब्यक्तिलाई अत्यावस्यक पर्ने स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको छ। अष्ट्रेलियाली वायु सेनाको विशेष विमानबाट शनिबार (आज) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याईएका सो सामाग्रीहरु नेपालका लागिअष्ट्रेलियली राजदूत फेलीसीटी वोल्कले नेपाली सेनाका बलाधिकृत रथी श्री प्रभुराम शर्मा लाई हस्तान्तरण गरेकी हुन्।

उक्त सामाग्रीहरु हस्तान्तरण गर्दै राजदूत वोल्कले दक्षिण एसियाका मित्रलाई सहयोग गर्ने अष्ट्रेलियाको क्षेत्रीय कार्य स्वरुप श्रीलंका, भारत र नेपालमा उक्त स्वास्थ्य सामाग्री ल्याईएको बताएकी छिन् ।

उनले नेपाली सेनाले अग्रपङ्क्तिमा रहेर देशभर समुदायमा पुर्‍याएको महत्वपूर्ण स्वास्थ्य सेवाको सरहाना गर्दै यस कार्यलाई थप सहयोग गर्न अस्पताल, आईसोलेसन केन्द्रहरु र शव ब्यवस्थापन स्थलहरुमा प्रयोग गर्न उक्त सामाग्रीहरु प्रदान गरिएको बताइन्।

क्षेत्रीय देशसँगै अष्ट्रेलियाले स्वास्थ्य सेवा प्रदान गर्न अग्रपङ्क्तिमा कार्यरत ब्यक्तिलाई पिपिई लगाएतका अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु प्रदान गर्न सहकार्य गरिरहेको छ। अष्ट्रेलिया र नेपालको लामो समयदेखि बिपद्का समयमा सहकार्य गर्ने ईतिहास रहेको छ र आजको यो सहयोगले नेपालीहरु प्रति अष्ट्रेलियालीहरुको सद्भाव प्रदर्शन गर्ने उनले बताइन्।

आज ल्याईएका १८ लाख अष्ट्रेलियाली डलर मूल्यका सामाग्रीहरु नेपाली सेनाको अनुरोध अनुरुप वेस्टर्न अष्ट्रेलिया सरकारले प्रदान गरेको सर्जीकल मास्क, फेश शील्ड र पञ्जाहरु रहेका छन् ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्