काठमाडौं। अक्सिजन अभावका कारण बन्द भएका डन्डी उद्योग पु:न संचालनमा आउन थालेका छन्। कोरोना संक्रमणबाट गम्भीर विरामीलाई अभाव हुन नदिनका लागि औद्योगिक प्रयोजनमा प्रयोग भएका अक्सिजन सिलिण्डर सरकारले स्थानीय प्रशासनलाई दिन सार्वजनिक आब्हान गरेको थियो।
यो आब्हानपछि सबैजसो उद्योगले अक्सिजन सिलिण्डर स्थानीय प्रशासनलाई दिएका थिए। संक्रमण कम भएर अक्सिजन अभाव कम भएपछि डन्डी उद्योग संचालनमा आउन थालेको हो।