काठमाडौं । स्थानीय बजारमा आइतबार (आज) सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९३ हजार ४ सय रहेकोमा आज प्रतितोला सात सय बढेर ९४ हजार १ सय कायम भएको छ । महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रहेको छ ।
आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । यआज चाँदी तोलामा १३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।