काठमाडौ, १८ कात्तिक (ससं) । काभ्रेको भुम्लु गाउँपालिका, सापिङ्ग–१ मा पर्ने घट्टेखोला भिमसेनाथ लिफ्ट खानेपानी आयोजनाको पाईपलाइनको काम दोहोरायर गरिएको छ । निर्माण कम्पनीले प्राविधिक स्टमेटभन्दा कम गहिराईको कुलो खनि पाईप पुरेको पाइएपछि स्थानीयले चर्काे विरोध गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । त्यसपश्चात प्राविधिक मापदण्ड अनुसार काम हुन थालेको स्थानीयले बताएका छन् ।
स्थानीयको खवदारी पश्चात् खानेपानी डिभिज प्रमुख,काभ्रे जिल्ला समवन्यन समिति, भुम्लु गाउपालिका अनुगमन समिति र सापिङ्ग वडा कार्यलयले संयुक्त रुपमा अनुगमन तथा निरक्षण गरि निर्मान कम्पनीले प्राविधिक मापदण्ड नपुर्याएको निष्कर्ष निकालेको थियो । उक्त अनुगमन टोलीले तत्काल पाईपलाईनको कुलो प्राविधिक मापदण्ड अनुसार पुर्न निर्देशन दिएको थियो। सोही निर्देशन अनुसार निर्माण कम्पनीले पुरियको पाईप झिकेर तीन फिट कुलो बनाई पाईप पुर्ने प्रतिवद्धता व्यक्त गरेको थियो । हाल पुरिएको पाईप उत्खनन् गरि तीन फिट कुलो खन्ने काम जारि छ।
हाल साउने खोलामा रहेको पचास हज्जार लिटर ट्यांकि वाट जिसी टोलमा रहेको एक लाख लिटर ट्यांकिसम्मको पाईप लाईनको कुलो पुनः खन्ने काम सकिएको छ । जिसी टोलमा रहेको ट्यांकिबाट भिमसेनाथ मन्दिर नजिक रहेको ट्यांकिसम्म जाने पाईप लाईन र घट्टेखोला (मुहान)बाट साउने खोलामा रहेको ट्यांकिसम्म आउँने पाईप लाईनको कुलो खन्ने काम भने वाँकि रहेको स्थानीय खानेपानि उपभोक्ता समितिका सचिव गणेश वुढाथोकीले जानकारी दिए । बाँकी रहेको ठाउँको पाईप लाईनको कुलो कहिलेसम्म खनिन्छ भन्ने आफूलाई एकिन नभएको उनले बताए ।
भुम्लुको सापिङ्गमा बागमति प्रदेशको सहयोगमा २ करोड ५० लाख रुपैयाँको लागतमा खानेपानी आयोजन निर्माण भइरहेको छ । यस आयोजनाबाट १६५ घर धुरी लाभान्वित हुने छन् ।